शुक्रबार, भदौ ५, २०८३

एमसीसी मुलुकको हितमा छैन : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एमसीसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एमसीसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

यसैगरी बैठकले निर्वाचन आयोग एमाले टुक्र्याउन उद्यत रहेको, दार्चुला घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको पनि निष्कर्ष निकालेको छ। एमाले यस्ता विषयमा मूकदर्शक भएर नबस्ने भट्टराईले बताए। 

बैठकमा अध्यक्ष केपी ओलीले संसद् बैठक अवरुद्ध गर्ने संकेत गरे। पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित नभए बैठक चल्न नदिने ओलीले बताए। ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन। गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन। त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

संसद् अधिवेशन आज सुरु हुँदैछ र पहिलो बैठक अपराह्न ४ बजे बस्दैछ।

माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन हुनुअघि एमालेले नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरिदिएपछि उनीहरुमाथि भएको कारबाही वैध भएको छैन। 

प्रकाशित: Sep 08, 2021| 13:15 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...