शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले सांसदको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्‍मा पेश

एमाले सांसदको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्‍मा पेश

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ। नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेश गरेका हुन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ। नेकपा (एमाले) का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेश गरेका हुन्। 

बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए। एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन्।

अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक २५ भदौसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित: Sep 08, 2021| 17:54 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...