काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नारबाजी कायमै राखेपछि प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ। सभामुख अग्नि सापकोटा विरुद्ध एमाले सांसदहरुले नाराबाजी गरेपछि २३ः१५ मिनेट स्थगित भएर सुरु भएको बैठक पुनः स्थगित भएको हो।
एमाले सांसदहरुलाई सभामुख सापकोटाले पटक–पटक बैठकको कारबाही थाल्न सहयोग गर्न आग्रह गरेपछि एमाले सांसदहरुले निरन्तर नाराबाजी गरे। सोही कारण सभामुख सापकोटाले दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।