शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभामा पनि एमालेको अवरोध

राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटका लागि स्थगित भएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध  गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक ३० मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

प्रमुख प्रतिपक्षी पार्टीलाई फुटाउनका लागि सरकारले प्रपञ्‍च गरेको आरोप लगाउँदै नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको हो।

राष्ट्रिय सभामा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्ट्रराईले आफ्नो पार्टी सरकारका गतिविधिले संवेदनशील भएको र परमादेशबाट आएको सरकारले पनि फेरि अध्यादेशबाट नै शासन सञ्‍चालन गर्न खोजेको आरोप लगाए। अहिलेको सरकार संविधानविपरीत गएको र लोकतन्त्रको सिद्धान्त, मूल्य र मान्यताबाट गाइडेड नभएको उनले दाबी गरे। 

प्रकाशित: Sep 08, 2021| 16:34 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...