शुक्रबार, वैशाख २६, २०८२

एमालेले संसद् चल्न नदिने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमालेले) संसद् अवरुद्ध गर्ने भएको छ। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले संसद् चल्न नदिने संकेत गरेका हुन्।
 |  बुधबार, भदौ २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

vianetvianet

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमालेले) संसद् अवरुद्ध गर्ने भएको छ। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले संसद् चल्न नदिने संकेत गरेका हुन्।

triton college

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित नभए बैठक चल्न नदिने ओलीले बताए। ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन। गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन। त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

 संसद् अधिवेशन आज सुरु हुँदैछ र पहिलो बैठक अपराह्न ४ बजे बस्दैछ।

माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन हुनुअघि एमालेले नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो। तर, सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरिदिएपछि उनीहरुमाथि भएको कारबाही वैध भएको छैन। 


प्रकाशित: Sep 08, 2021| 12:58 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...