शुक्रबार, भदौ ५, २०८३

पदीय मर्यादामा बस्‍न सभामुख सापकोटालाई विष्णु पौडेलको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्‍नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्‍न चेतावनी दिएका छन् ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्‍नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्‍न चेतावनी दिएका छन् ।

आफ्नो दलले कारबाही गरेर निष्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय मर्यादाको दुरुपयोग गरेको उनको आरोप छ। बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्। 

उनले दलको ह्वीप उल्लंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको? भनि सभामुख सापकोटालाई प्रश्न समेत गरे। 

पूर्व अर्थमन्त्री समेत रहेका उनले भने, 'नेकपा एमालेको संसदीय दलमा अनुशासन उल्लंघन गरेका, पार्टीको ह्वीप उल्लंघन गरेका सदस्यहरुलाई, आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टिकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागु नगर्ने अधिकार सभामुखलाई छैन। यसरी पदको दुरुपयोग गरेर नेकपा एमालेलाई विभाजनमा ल्याउने काम पदको दूरुपयोग गरेर जुन खालको क्रियाकलाप भएका छन्। सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ। यो कुनै पनि मानेमा मान्य हुन सक्दैन।’

उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दाबी गरे। उनले औपचारिक ढंगले संसद्‌मा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए।

प्रकाशित: Sep 08, 2021| 19:03 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...