शुक्रबार, भदौ ५, २०८३

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

नेकपा (एमाले)ले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– नेकपा (एमाले)ले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो। 

सभामुखले त्यसबारे जवाफ दिए पनि एमाले सांसदहरुले नाराबाजी जारी राखे। एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेले बैठक अवरुद्ध पारेको हो। भट्टराईले नेकपा एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही नगरिएको भन्दै प्रश्‍न गरेपछि सभामुखले उक्त प्रश्‍नको जवाफ दिएका थिए। 

सभामुखले जवाफ दिने क्रममा नै नेकपा एमालेका सांसदहरुको रोष्टम घेराउ गरेका हुन्। उनीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। उनीहरुले संसदीय मर्यादाको उल्लंघन भएको आरोप लगाएका छन्। 

नियम २१ को खण्ड ख र घ अनुसार आफूले काम गरेको भन्दै सभामुखले आग्रह गरेपछि पनि नाराबाजी कायम राखेपछि बैठक स्थगित गरिएको हो। नेकपा एमालेले विधिको शासन कायम गर्न माग गर्दै नाराबाजी गरेको थियो।

प्रकाशित: Sep 08, 2021| 16:19 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...