नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १ बजे नेता नेपालले आफू निकट २२ जना सांसदहरूसँग छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठकमा माफी मागेका छन्। गठबन्धनमा छलफल नै नभई मन्त्री चयन गरेको भन्दै नेताहरुले प्रश्न उठाएपछि देउवाले माफी मागेका हुन्।
जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगबाट निरुपण भएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।
बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। बैठक मंगलबार बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो।
भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए।