शुक्रबार, भदौ ५, २०८३

आजबाट संसद् अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- संघीय संसद्का दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ। १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ। 

जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन्।

प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ। यसअघिको अधिवेशन ३ साउनमा सुरु भएको थियो भने सोही३२ गते अन्त्य भएको थियो। 



प्रकाशित: Sep 08, 2021| 07:10 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...