शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसदको आठौँ अधिवेशन २० घन्टा १५ मिनेट चल्यो, नवौँ अधिवेशनको आयु कति?

संसदको आठौँ अधिवेशन २० घन्टा १५ मिनेट चल्यो, नवौँ अधिवेशनको आयु कति?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्यूँतियो।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्यूँतियो। फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। उनी नेतृत्वको सरकारले आह्वान गरेको आठौँ अधिवेशन १० वटा बैठकमा सीमित भएर अन्त्य भएको थियो। उक्त अधिवेशन जम्मा २० घन्टा १५ मिनेट चलेको थियो।

बिहीबारबाट सदनको नवौँ अधिवेशन सुरु हुँदैछ। तर, यो अधिवेशनको आयुका बारेमा पनि विभिन्न अडकालबाजी सुरु हुन थालेको छ। ओली सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग बमोजिम सर्वोच्चले परमादेशबाट सम्बोधन गरेपछि सुरु भएको आठौँ अधिवेशनलाई सरकारलाई ‘विजनेस’दिन नसकेको नजिरका बीच नवौँ अधिवेशनका बारेमा विभिन्न अडकलबाजी भएको हो।

३ देखि ३२ साउनसम्म २९ दिनको समयसीमा सरकारले कुनै पनि विधेयक दर्ता नगरी हठात संसद अधिवेशन स्थगित गरेको थियो। संसद स्थगित गरे लगत्तै एमाले र जनता समाजवादीलाई विभाजन गर्ने उद्देश्यसहित सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो, जसमा प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको छ। र दुबै दल विभाजन पनि भए।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको तथा पार्टी गतिविधिविरुद्ध लागेका आफ्ना सांसदलाई निस्कासन गर्न लेखेको पत्रलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेको प्रति क्षुब्ध एमाले संसदका कारबाही कसरी अगाडि जान देलारु भन्ने आमचासो छ।

तर, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर सार्वजनिक रूपमा नै आपत्ति जनाउँदै आएका छन् भने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुखका कारण संसद सहजै चल्ने अवस्था नभएको’ टिप्पणी गरिसकेका छन्।

सभामुखको भूमिकाका कारण संसदलाई सहजै चल्ने अवस्था नदेखिएपछि प्रधानमन्त्री देउवाले आफ्ना दूतका रूपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई गत साता एमाले अध्यक्ष ओली र नेम्वाङलगायतसँग भेटघाट गर्न पठाएका थिए। ओली र नेम्वाङले सत्तापक्षको व्यवहारमा भर पर्ने प्रतिक्रिया दिएर कार्कीलाई पठाएका छन्।

प्रधानमन्त्री देउवाले बजेटसम्बन्धी अध्यादेश पारित गराउन आफू तयार रहेको तर त्यसका लागि एमाले प्रतिनिधिसभा नियमावलीका केही अंश निलम्बन गर्न तयार हुनुपर्ने सर्त तेर्साएका छन्।

संसद पुनर्स्थापना भएपछि कुनै पनि विधेयक पेस नगरी २० घन्टा १५ मिनेट मात्रै चलेको आठौँ अधिवेशन पश्चात सोही राजनीतिक परिदृष्यमा नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ। प्रमुख प्रतिपक्ष दल एमालेले खेल्न सक्ने सम्भावित भूमिकाले संसद अधिवेशनको आयु जोडिने देखिन्छ। -न्युज कारखाना

प्रकाशित: Sep 08, 2021| 09:40 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...