शुक्रबार, भदौ ५, २०८३

तुइन र हेलिकोप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

सरकारले दार्चुलाको सीमा क्षेत्रमा तुइन काटिएको घटना र दार्चुलाकै आकाशमा बिना अनुमति हेलिकोप्टर उडाइएको भारतलाई कूटनीतिक नोट पठाएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- सरकारले दार्चुलाको सीमा क्षेत्रमा तुइन काटिएको घटना र दार्चुलाकै आकाशमा बिना अनुमति हेलिकोप्टर उडाइएको भारतलाई कूटनीतिक नोट पठाएको छ। 

तुइन घटना र हेलिकोप्टर उडाएको विषयमा सरकारले भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट प दुवै पत्र कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सरकार भारतसँग यी दुई विषयमा मौन बसेको भन्दै आलोचना भइरहेको बेला सोमबार दुई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो।

महाकाली तर्ने क्रममा साउन १५ गते भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएपछि स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो । उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तवरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो ।

सरकारले बेपत्ता भएको धामीको परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ।

छानबिन समितिकै सुझावका आधारमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो। त्यसैगरि भदौ १६ र १७ गते अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षीलाई यसबारे जानकारी माग गरेको थियो। 

त्यसैगरि गृह मन्त्रालयलाई पनि यसबारे जानकारी गराइएपछि हेलिकोप्टर उड्‍न बन्द भएको थियो। गृहमार्फत परराष्ट्र हुँदै यस विषयमा पनि भारतलाई पत्र पठाइएको हो।

प्रकाशित: Sep 06, 2021| 21:24 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...