शुक्रबार, भदौ ५, २०८३

एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‍बाट पारित गर्न खोजिएको भन्दै केही दिनयता राजधानीमा निरन्तर प्रदर्शन भइरहेका छन्। सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‍बाट पारित गर्न खोजिएको भन्दै केही दिनयता राजधानीमा निरन्तर प्रदर्शन भइरहेका छन्। सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपालीलगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरे।

माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको छ। कार्यक्रममा कम्युनिस्ट नेताहरू सीपी गजुरेल र सीपी मैनालीसहितका नेताहरूले सम्बोधन गरेका थिए। 

प्रकाशित: Sep 08, 2021| 16:01 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...