मंगलबार, भदौ २, २०८३

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच सकारात्मक छलफल

शुक्रबार, फागुन १३, २०७८
उनीहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

एमसीसीमा पार्टीको निर्णय स्वीकार्य हुन्छ : मन्त्री आले

शुक्रबार, फागुन १३, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको निर्णय आफूहरूलाई स्वीकार्य हुने बताएका छन्।

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार, फागुन १३, २०७८
अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए।

आजको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

आजको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर आजका लागि सारिएको थियो।
सहकार्यको हात बढाएका प्रचण्डलाई ओलीको जवाफ - सभामुखको राजीनामा गराउनुस्

सहकार्यको हात बढाएका प्रचण्डलाई ओलीको जवाफ - सभामुखको राजीनामा गराउनुस्

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सत्ता गठबन्धन संकटमा परेका समयमा करिब एक वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान...
मतदाताको स्वास्थ्यलाई ध्यान दिएर मतदानको व्यवस्था मिलाइने : आयोग

मतदाताको स्वास्थ्यलाई ध्यान दिएर मतदानको व्यवस्था मिलाइने : आयोग

निर्वाचन आयोगले कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आसन्न स्थानीय तह निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गरी मतदानको व्यवस्था मिलाउने भएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताको...
'सरकारको प्रस्तावमा सत्तापक्षले समर्थन नगरे प्रतिनिधि सभाको के काम?'

'सरकारको प्रस्तावमा सत्तापक्षले समर्थन नगरे प्रतिनिधि सभाको के काम?'

उनले एमसीसीका विषयमा शुक्रबार संसद्‌मा सैद्धान्तिक छलफल हुने र एमसीसी अनुमोदन हुने बताएका छन्। उनले थपे, 'गठबन्धन अहिलेसम्म कायम छ। सरकारले ल्याएको प्रस्ताव गठबन्धनकै प्रस्ताव हो।'
बालुवाटारमा बसेको प्रधानमन्त्री देउवा र ओलीबीचको बैठक सकियो

बालुवाटारमा बसेको प्रधानमन्त्री देउवा र ओलीबीचको बैठक सकियो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ।
प्रकाशित
बिहीबार, फागुन १२, २०७८  २०:०९

निकास निस्कने वातावरण बने कांग्रेसले गठबन्धन कुरेर बस्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकास निस्कने वातावरण बने नेपाली कांग्रेसले सत्ता गठबन्धन भनेर कुरेर नबस्ने बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १९:४१

एमसीसीबारे बालुवाटारमा एमाले-कांग्रेसबीच छलफल

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १९:३६

एमसीसीप्रति लक्षित गर्दै ओली-नेपाललाई चीनले भन्‍यो- सुरक्षा चुनौती नबढाइ दिनुस्

चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल कुराकानी गर्दै चीनको सुरक्षा चुनौती नबढाउन आग्रह गरेको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १९:२५

संसद् बैठकको कार्यसूचीमा एमसीसी

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १९:१७

एमसीसी सहमतिबिना अघि बढाए दुर्घटना : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १९:१३

गठबन्धन टुट्ने माधव नेपालको घोषणा

‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १८:५४

बालुवाटारमा देउवा–बाबुराम भेट

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज साँझ भेटवार्ता भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १८:१०

विसर्जनको डिलमा पाँच दलीय गठबन्धन

एमसीसी अनुमोदनका लागि गठबन्धनका दलहरुले असहयोग गर्ने देखिएपछि एक साता अघिदेखि नै देउवाले एमालेसँग निरन्तर छलफल गरिरहेका छन्। देउवा आफैंले पनि एमाले अध्यक्ष ओलीसँग एक साताको बीचमा तीन पटक छलफल...

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १७:५३

एमसीसी पास हुने वातावरण बन्यो : सञ्चारमन्त्री कार्की

एमसीसी सम्झौता संसद्बाट पास हुने वातावरण बन्दै गएको कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १७:२२

देउवासँगको बैठकपछि प्रचण्डसँग छलफलमा जुटे ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संसद् भवनमै भेटघाट भएको छ।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १७:०४

गठबन्धन अगाडि बढ्न अब गाह्रो छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।

प्रकाशित
बिहीबार, फागुन १२, २०७८  १६:४९

ओलीसँग देउवाले साँझ पनि छलफल गर्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग आज साँझ पनि छलफल गर्ने भएका छन्।