आइतबार, साउन ३१, २०८३

ओली आज कपिलवस्तु जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाने भएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाने भएका छन्। प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्।

एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार आज संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। 

कपिलवस्तु एमालेले आज चुनावी सभाको आयोजना गरेको छ। सोही कार्यक्रममा ‌ओलीले नवप्रवेशीहरूलाई स्वागत गर्ने छन्।

चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तवसहित क्षेत्र नम्बर २ र १ बाट थुप्रै कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ।

प्रकाशित: Mar 28, 2022| 07:12 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...