काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनामा तालमेल गरेर जानुपर्ने बताएका छन्। उनले पुराना कुरा बिर्सिएर भएपनि चुनावी तालमेल गरेर जानुपर्ने धारणा राखेका हुन्।
'पुराना कुरा सम्झेर हुन्छ? त्यसकारण गठबन्धन गरेर जाऔँ,' उनले भने, 'गठबन्धन नहुँदा मैले नै बालबाल जितेकाे हुँ।'
उनले चुनावी तालमेल नगरी नहुने समेत बताएका थिए। 'गठबन्धन गरेर जाँदा हामी सबै जित्छाैं भन्या? पहिला धेरै साथीहरू हारेका हैनन् र? मलाई पनि पहिले माओवादीले गाेली हानेकै हुन्। पुराना कुरा सम्झेर हुन्छ? त्यसकारण चैने गठबन्धन गरेर जाऔँ।'
उनले आफ्नो धारणा र विश्वासमा शंका नगर्न पनि आग्रह गरेका छन्। 'मेरो आइडियोलोजीमा शंका नगर्नुस्। म धेरै लडेको मान्छे हुँ। म अब पार्टी सभापति हुने पनि होइन, तपाईंहरु जो जो हुने हो हुनुस् न। अहिले जित्ने गरी जाऔँ। अहिलेकाे अवस्था पनि हेर्नुपर्यो नि यार!'