आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय समिति बैठकमा शेखरको प्रश्न- चुनावी तालमेल कोसँग? केका लागि? कसरी?

केन्द्रीय समिति बैठकमा शेखरको प्रश्न- चुनावी तालमेल कोसँग? केका लागि? कसरी?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी तालमेलका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न उठाएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो प्रश्न उठाएका हुन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी तालमेलका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न उठाएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो प्रश्न उठाएका हुन्। 

अरु पार्टीसँग एकता गर्नुभन्दा कांग्रेसमा आन्तरिक एकता बलियो बनाउनुपर्ने उनको भनाइ थियो। 

'चुनावी तालमेल कोसँग? केका लागि? कसरी? कांग्रेसको तल्लो तहसम्म आन्तरिक एकता गरौँ,' नेता कोइरालाले थपे, 'गठबन्धन गरेर तलका आफ्ना कार्यकर्ता सम्हाल्न सकिएन भने के गर्ने? यस तर्फ सोच्न पर्छ कि पर्दैन? गठबन्धनका बारेमा सोच्ने भन्दा पार्टीका तल्लो तहसम्म मजबुद आन्तरिक एकता आवश्यक छ।'

चुनावी तालमेलको मोडालिटी तय गर्न देउवाले  केन्द्रीय समिति बैठक बोलाएका थिए। तर बैठकमा तालमेल नै गर्न हुने पक्षमा मत राखिरहेका छन्। देउवा पक्ष सत्ता गठबन्धनसँगै चुनावी तालमेलको पक्षमा छन् भने बैठकमा स्थानीय आवश्यकताका आधारमा प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि तालमेल गर्नुपर्ने विषय पनि उठेको छ। 

प्रकाशित: Mar 28, 2022| 14:28 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...