काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार बन्ने बेलामा नै तीनै तहको चुनावमा तालमेल गर्ने सहमति भएको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता खाणले यस्तो बताएका हुन्।
'यो सरकार बन्ने बेलामै नै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो। त्यो सहमति कांग्रेसले तोड्न हुँदैन,' उनले थपे, 'तर गठबन्धनका नाममा आफ्नो संगठन अलगथलग पार्न हुँदैन।'
शुक्रबारदेखि कांग्रेस बैठक जारी छ। बैठकले चुनावी तालमेलको ढाँचा तय गर्न बताइएको छ। यद्यपि शेखर कोइरालालगायतका नेताहरू भने चुनावी तालमेलको विपक्षमा छन्।