आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी प्रवेश गराउन ओलीलाई धमाधम, स्वतन्त्र सांसद वृजेश गुप्ता एमालेमा जाँदै

पार्टी प्रवेश गराउन ओलीलाई धमाधम, स्वतन्त्र सांसद वृजेश गुप्ता एमालेमा जाँदै

स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल अदलबदल तीव्र भएको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधि नै दल बदल्नेमा अगाडि देखिएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल अदलबदल तीव्र भएको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधि नै दल बदल्नेमा अगाडि देखिएका छन्। गएको पुस पहिलो साता सुरु भएको दल परिवर्तनको लहर अझै रोकिएको छैन। 

आज सोमबारमात्रै महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन्।

उनीहरूलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे। एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन्।

त्यसैगरी जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन्। सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन्। त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत एमाले प्रवेश गरेका छन्।

आज नै ओली सांसद वृजेश गुप्तासहित विभिन्न दलका नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउन कपिलवस्तु जाँदैछन्। संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन्।

त्यहाँ उनले चुनावी सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ। त्यही सभामा सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित क्षेत्र नम्बर १ र २ बाट पाँच हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने पार्टीले जनाएको छ।

अध्यक्ष ओलीले सोमबार नै भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। भैरहवाको कार्यक्रम सकेर दिउँसो उनी तौलिहवा जानेछन् र साँझ फर्केर बुटवल बस्ने तय भएको छ।

त्यसैगरी भोलि मंगलबार ओली लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, १२ जना वडा सदस्यसहित ठूलो संख्यामा एमालेमा प्रवेश कार्यक्रम तय भएको एमाले रुपन्देहीले बताएको छ।


प्रकाशित: Mar 28, 2022| 11:37 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...