आइतबार, साउन ३१, २०८३

एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्। उनले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताइन्।

आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पछि सरकारले एकीकृत वस्तीको योजना बनाएर वस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको बताइन्।

उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन।’ मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत वस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन्।

पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद रहेको बताउँदै संस्थाका उनले पूर्वाधार क्षेत्र महत्वपूर्ण पक्ष रहेको बताइन्। नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाईहेका पत्रकारहरुको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग हुने अपेक्षा गरेको बताए।

प्रकाशित: Mar 28, 2022| 09:45 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...