माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ।
उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्।
एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेस गर्दा दुवै दलले बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन्। यो रणनीतिका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी गराइसकिएको बताइएको छ।
सत्तारुढ पाँच दलीय गठबन्धन विसर्जनको डिलमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग संवाद अघि बढाएका छन्।
समाजवादी प्रेस संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीका अधिकारको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।
आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम राखिएको छ।