आइतबार, साउन ३१, २०८३

नालायक सरकार ४ रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्दैछ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायकहरूको भएको टिप्पणी गरेका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

बुटवल- नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायकहरूको भएको टिप्पणी गरेका छन्। पाँचदलीय गठबन्धनको सरकारप्रति व्यङ्ग्य गर्दै ओलीले ४ रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने गरेको बताएका छन्। 

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सोमबार सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन्। ‘४ रुपैयाँमा भारतलाई बेचेर ३८ मा किनेको बिजुली तत्काल ९ रुपैयाँमा दिए पनि त्यो ऋण जनताकै टाउकोमा थुप्रिन्छ,’ ओलीले भने। उनले वर्तमान गठबन्धन नालायकहरुको भएको भन्दै एमालेसँग डराएको आरोप लगाए। चुनावमा काँग्रेस एमालेसँग भिड्नै नसक्ने उनले बताए।

ओलीले सूर्य चिन्हबाट कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित वृजेश गुप्तालाई एमालेमा प्रवेश गराएका छन्। गुप्तासँगै लुम्बिनी प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तालगायतका नेतालाई ओलीले एमालेमा स्वागत गरेका थिए।

प्रकाशित: Mar 28, 2022| 19:07 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...