आइतबार, साउन ३१, २०८३

विवेकशील साझा पार्टीमा तनाव, कार्यालय अनिश्चितकालका लागि बन्द

दुई पक्षबीच विवाद भएपछि विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– दुई पक्षबीच विवाद भएपछि विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा विवाद भएको हो।

दुई पक्षका नेता–कार्यकर्ताबीच धलेकधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो।

पार्टी कार्यालयले सूचना जारी गरेर ‘केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द गरेको’ जनाएको छ।

विवेकशील साझा पार्टीले मंगलबार कार्यालयमा नवनियुक्त प्रदेश इन्चार्ज र प्रदेश संयोजकलाई शुभकामना दिने कार्यक्रम राखेको थियो। सोही समयमा संगठन विभाग प्रमुख निर्देश शिलवाललगायत असन्तुष्ट पक्षले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखेका थिए। कार्यक्रम गर्ने र गर्न नदिनेबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो।

प्रकाशित: Mar 29, 2022| 14:11 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...