आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समाजवादी र माओवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ : रामचन्द्र पौडेल

समाजवादी र माओवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्। 

'समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमाले साइजमा राख्नुपर्छ। लडाइँ एमालेविरुद्ध हो,' उनले भने, 'गठबन्धन जरुरी छ। ओलीलाई बलियो बन्न दिनुहुन्न।'

यसअघि बोलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका थिए। तर अर्का महामन्त्री गगन थापाले भने चुनवी तालमेल कांग्रेसका लागि घातक हुने बताएका थिए। 

बैठक मंगलबार दिउँसो तीन बजे पुनः बस्ने गरी सकिएको छ। 
प्रकाशित: Mar 28, 2022| 16:51 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...