आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भ्युटावर उद्घाटन गर्न पुगेका प्रचण्डले भने - अप्ठ्यारो पर्दा सधैं रोल्पा सम्झिन्छु

भ्युटावर उद्घाटन गर्न पुगेका प्रचण्डले भने - अप्ठ्यारो पर्दा सधैं रोल्पा सम्झिन्छु

रोल्पामा बनेको भ्युटावर उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, 'विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थेँ।'
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा आफूलाई अप्ठ्यारो पर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन्।

रोल्पामा बनेको भ्युटावर उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, 'विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थेँ।'

पछिल्लो राजनीतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गरे। 'हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ,' प्रचण्डले भने। माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहेका प्रचण्डले दशवर्षे सशस्त्र युद्धको स्मरण गरेका हुन्। सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो।

जनसभालाई सम्बोधन गर्नुपूर्व आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरू एक्लै निर्वाचनमा होमिने गरी तयारी गरिरहेको बताए। 'गठबन्धनको बलमा होइन आफ्नै ताकतमा चुनावमा जाने हो,' उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गरेका थिए। भ्यू टावर उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताए। 'रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ,' प्रचण्डले भने।

प्रचण्डले भ्यू टावरको दशौँ तला चढरे रोल्पा र प्यूठानका विभिन्‍न भूभागको दृश्यावलोकनसमेत गरेका थिए। विसं दुई हजार ५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यू टावर बनाइँदैछ। चक्रेश्वरी-ब्राइट जेभी काठमाडौँले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो। ११२ फिट अग्लो यो टावरको कूल ठेक्का रकम (भेरियशनसमेत) रु चार करोड ७६ लाख ८७ हजार ६६५ रहेको नगरपालिकाको भनाइ छ।

प्रकाशित: Mar 28, 2022| 20:45 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...