आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचन : विप्लवले उम्मेदवार नउठाउने, बहिष्कार पनि नगर्ने

स्थानीय निर्वाचन : विप्लवले उम्मेदवार नउठाउने, बहिष्कार पनि नगर्ने

चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको विप्लवको बैठक १० दिन बसेर सोमबार सकिएको हो। मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ। तर, विगतमा जस्तो चुनाव बहिष्कार पनि नगर्ने जनाइएको छ। चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको विप्लवको बैठक १० दिन बसेर सोमबार सकिएको हो। मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। 

उनले भने, 'तीनवटा विषय बैठकका एजेण्डा थिए। जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो।' महाधिवेशनबारे मंसिर पुसमा गर्ने गरी पछि निर्णय गर्ने, एमसीसीविरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ।’ यद्यपि संस्थागत रुपमा पार्टी निर्वाचनमा नगए पनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ। 

बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमा व्यापक संशोधन गर्दै पारित भएको छ। चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए। तर उनको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरुले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो। बैठकमा ६९ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए। 

प्रकाशित: Mar 28, 2022| 19:09 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...