आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिरहा अधिवेशनको विषयले कांग्रेस बैठकमा चर्काचर्की, चित्रलेखाले 'क्रस' गरेपछि बम्किए रामचन्द्र

सिरहा अधिवेशनको विषयले कांग्रेस बैठकमा चर्काचर्की, चित्रलेखाले 'क्रस' गरेपछि बम्किए रामचन्द्र

१४औँ महाधिवेशनअन्तर्गत सिरहा जिल्ला अधिवेशनको विषयले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ। सोमबार भएको केन्द्रीय समिति बैठमा नेताहरुबीच चर्काचर्की भएको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- १४औँ महाधिवेशनअन्तर्गत सिरहा जिल्ला अधिवेशनको विषयले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ। सोमबार भएको केन्द्रीय समिति बैठमा नेताहरुबीच चर्काचर्की भएको हो। 

बैठकमा विमलेन्द्र निधिले सिरहा अधिवेशनमा बल प्रयोग भएको बताएका थिए। यसपछि पद्मनारायण चौधरीले पनि विमलेन्द्रको कुरामा सही थपे। यसपछि बोलेका रामचन्द्रले सिराहको सन्दर्भमा बोलिरहँदा चित्रलेखाले क्रस गरेकी थिइन्। 

'अर्को पार्टीसँग लड्ने बेला आफूआफू लडेर हुन्छ? मिलाउन पर्दैन?,' रामचन्द्रले भने। यसपछि चित्रलेखाले उनलाई क्रस गरिन्। 'सिरहाका विषयमा भ्रम फैलाइएको छ,' उनले भनेकी थिइन्। 

चित्रलेखाले प्रतिवाद गरेपछि रामचन्द्र झोँक्किए,'तपाईंले सिरहामा डुबाउनु भयो, कांग्रेसलाई हराउने हुनु भो, मिलाउनुपर्ने ठाउँमा विवाद नै छैन भने जसरी प्रस्तुत हुने?,' उनले भने। 

रामचन्द्र झोक्किरहँदा देउवाले रूलिङ गरेनन्, उनी सुनेर बसेका थिए। सिरहाको जिल्ला अधिवेशनमा प्रहरी लगाएर धाँधली गरेको आरोप लागिरहेको छ।

प्रकाशित: Mar 28, 2022| 18:45 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...