काठमाडौं- निर्वाचन आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनले सबै मतपत्र छपाईका लागि आवश्यक सामग्री तयारी अवस्था राख्न समेत केन्द्रलाई निर्देशन दिइसकिएको जानकारी दिए।
निर्वाचन आयोगले चैत १५ बाट निशुल्क टोल फ्री नम्बर ११०२ पनि सञ्चालनमा ल्याउने जानकारी दिएको छ।