काठमाडौं- आगामी वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम राजनीतिक दल दर्ता भएका छन्। तीन जिल्लामा ५-५ दलमात्रै चुनावी मैदानमा होमिने भएका छन्।
त्यसैगरी १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोटमा ७-७, पाँचथर, जुम्ला, दैलेखमा ८-८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९-९ वटा छन्।
सबैभन्दा बढी भने काठमाडौंमा ४० वटा दल स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्। त्यसैगरी मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२-३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०-३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्।