काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अन्तरघात नामको रोग रहेको भन्दै त्यो समाप्त भए गठबन्धन गर्नु नपर्ने बताएका छन्। सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा देउवाले भने, ‘कम्युनिस्ट फुटेका छन् हामीले जितिहाल्छौं भन्ने साथीहरूलाई लागेको छ। तर त्यसो होइन। म त गठबन्धनको पक्षमा थिइनँ, साथीहरूले नै मलाई यहाँसम्म ल्याएको हो। म प्रधानमन्त्री हुन खोजेको होइन, तपाईंहरूले नै होइन मलाई प्रधानमन्त्री बन्न दबाब दिएको? हाम्रो पार्टीमा गम्भीर रोग छ अन्तरघातको। त्यो समाप्त भए गठबन्धन गर्न पर्दैन। नत्र त जित्नपर्यो नि हामीले।'
बैठकको अन्तिममा उनले उपसभापति र महामन्त्रीहरूलाई देखाएर पार्टीमा अनुशासन कायम गर्न र अन्तरघात गर्नेलाई कारबाही गर्न निर्देशन दिएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए।