आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति देउवा चरम गुटबन्दीमा लागेको तरुण-विद्यार्थी भेलाको निष्कर्ष

कांग्रेस सभापति देउवा चरम गुटबन्दीमा लागेको तरुण-विद्यार्थी भेलाको निष्कर्ष

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ। उक्त समूहको तरुण–विद्यार्थी भेलाले यस्तो निष्कर्ष निकालेको हो। 

शेखर समूहले सोमबार तरुण–विद्यार्थीको राष्ट्रिय भेला आयोजना गरेको थियो। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेपछि शेखर समूहले भेला बोलाएको हो।

सभापति देउवाले गत बुधबार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए। लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको केन्द्रीय समिति फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भंग गरेको थियो। सोही बैठकले ती भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्व चयन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। 

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ।

यस्ता छन् भेलाका निष्कर्ष

१) १४औं महाधिवेशनमा प्राप्त ४० प्रतिशतभन्दा बढी मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था बन्यो।

२) संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्नुको विकल्प हुँदैन। 

३) भ्रातृ संस्थालगायत आउँदो तीनै तहका निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने चुनाव जित्ने होइन, पार्टीभित्रै विद्रोह हुने अवस्था छ। 

४) सभापति चरम गुटबन्दीमा लागेका छन्। सभापति देउवाले पार्टीभित्रको अपोजिसनलाई कमजोर पार्न बूढा नेताहरूको गठजोड तयार पारिरहेका छन्।

प्रकाशित: Mar 29, 2022| 15:24 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...