आइतबार, साउन ३१, २०८३

संसदीय समितिमा रहने नेताको नाम छान्न का‌ग्रेस शीर्ष नेता छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ। 

छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन्। संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले जानकारी दिए। उम्मेदवार छान्न कांग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेको छ। समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ।

संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने बाँकी पूर्वपदाधिकारीलाई समेटिने छ। कार्यसम्पादन समितिमा २८ नम्बरमा रहेका कोइरालालाई २५ सदस्यीय संसदीय समितिमा समेट्ने जोडबल भइरहेको बताइएको छ। त्यसका लागि पूर्व पदाधिकारीलाई हटाएर अगाडि राख्नुपर्ने हुन्छ।

प्रकाशित: Mar 28, 2022| 17:36 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...