आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शशांकको नयाँ प्रस्ताव : स्थानीय चुनाव सकिएपछि तालमेलबारे छलफल गरौँ

शशांकको नयाँ प्रस्ताव : स्थानीय चुनाव सकिएपछि तालमेलबारे छलफल गरौँ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय चुनाव सकिएपछि तालमेल गर्न प्रस्ताव गरेका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय चुनाव सकिएपछि तालमेल गर्न प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा भाग लिँदै नेता कोइरालाले यस्तो प्रस्ताव गरेका हन्। 

'स्थानीय चुनावका तालमेल नगरौँ। स्थानीय चुनाव सकिएपछि प्रदेश र केन्द्रको तालमेलबारे छलफल गरौँला,' उनले भने। यसअघि बोलेका शेखर कोइराला र गगन थापाले चुनावी तालमेल गर्न नहुने र सबै स्थानमा रुखमा भोट हाल्न पाउनुपर्नु बताएका थिए। 

तर सभापति देउवा भने चुनावी तालमेलका पक्षमा छन्। सोमबार बैठकबाट बाहिरिने क्रममा प्रवक्ता डा प्रकाशशरण महतले तालमेलबारे मंगलबार निर्णय हुने जानकारी दिएका दिए। 

प्रकाशित: Mar 28, 2022| 19:29 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...