आइतबार, साउन ३१, २०८३

देउवा-मोदी भेटवार्ता १९ चैतमा

भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग १९ चैतमा भेटवार्ता गर्ने भएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग १९ चैतमा भेटवार्ता गर्ने भएका छन्। भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देउवाको भ्रमणबारे जानकारी दिएको छ। 

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित चैत १८ गते नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ।प्रधानमन्त्री भइसकेपछि यसअघि स्कटल्यान्डको ग्लासगोमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग भेट गरेका थिए।

प्रधानमन्त्री देउवा बनारस पनि पुग्ने कार्यक्रम तय भएको छ। यसअघि प्रकाशशरण महत नेतृत्वको टोली पनि बनारसमा रहेको काशी विश्‍वनाथको मन्दिर दर्शन गर्न पुगेका थिए।

प्रकाशित: Mar 28, 2022| 13:40 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...