काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाने भएका छन्।
युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको 'जनयुद्ध स्मृति टावर'को उद्घाटनका लागि उनी त्यसतर्फ जाने भएका हुन्।
टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ। कतिपयको शालिक पनि राखिएको छ।
टावर ६ करोडमा निर्माण सम्पन्न भएको हो। उद्घाटनपछि प्रचण्डले पार्टीले लिबाङको टुडिखेलमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रचण्डले देश दौडाहलाई तीव्रता दिएका छन्।