आइतबार, साउन ३१, २०८३

निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह

बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ। केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ। बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ। केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन्।

एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ। उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन्।

प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशकोतर्फबाट तोकिएका विज्ञ र स्थायी कमिटीका सदस्य भर्चुअलरूपमा बैठकमा सहभागी हुनेछन्।

यस्तै सो बैठकमा सचिवालयका सदस्य, मस्यौदा कमिटीका सदस्य, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन्। बैठकले चुनाव चिह्नको रङ हरियो बनाइएको र मनोनयनका लागि दुई दिन समय दिने निर्वाचन आयोगको निर्णय परिवर्तन गर्न पनि माग गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

प्रकाशित: Mar 27, 2022| 23:30 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...