काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार आज सोमबार कार्यसम्पादन समिति गठन गरेका हुन्।
समितिमा पार्टीका २० जना नेता छन्। समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ र मुकुन्द श्याम गिरी छन्। साथै महामन्त्री धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा अटाएका छन्।
केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार पनि केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन्।