आइतबार, साउन ३१, २०८३

खोक्रा भाषणले विकासको राजनीति हुँदैन : सञ्चारमन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोक्रा भाषणले विकासको राजनीति नहुने बताएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खोक्रा भाषणले विकासको राजनीति नहुने बताएका छन्।

सुनसरीको सीमावर्ती कोशी गाउँपालिका-७ का निर्वाचित वडा अध्यक्ष रामचन्द्र मेहतासहित तीन सय ६५ जना सामूहिक रुपमा नेपाली कांग्रेस प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिलेको आवश्यकता विकास भएको बताएका छन्। 'खोक्रा भाषणले देश विकास हुँदैन। अब भाषण होइन काम गर्नुपर्छ,' उनले भने।

सरकार देशको विकासका लागि पुँजी निर्माणमा लागेको उनले बताए। देशको विकास र समृद्धिका लागि पुँजी निर्माणमा सरकार लागि परेको र त्यसै अनुरुप एमसीसी परियोजना भित्र्याएको मन्त्री कार्कीको भनाइ थियो। 

एमसीसीले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसदबाट पास गरेको उनले बताए। एमसीसी देशको हितमा रहेकाले कुनै पनि द्विविधामा नपर्नसमेत उनले आग्रह गरे।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित वडा अध्यक्ष मेहतासहित उक्त पार्टीका दुई सय २५१ नेता कार्यकता र अन्य पार्टीका ११४ गरी तीन सय ६५ जना हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन्।

प्रकाशित: Mar 28, 2022| 08:00 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...