आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश, जलेश्वरकी उपमेयर पनि मिसिइन्

महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष एमाले प्रवेश, जलेश्वरकी उपमेयर पनि मिसिइन्

महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन्।

उनीहरूलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे। एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन्।

त्यसैगरी जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन्। सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन्। त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत एमाले प्रवेश गरेका छन्।

प्रकाशित: Mar 28, 2022| 11:23 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...