रोल्पा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध स्मृति भ्यु टावरको उद्धाटन गरेका छन्। सोमबार रोल्पाको प्रचण्डले सोतबाटोस्थित जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्दै उनले भ्युटावरले यौद्धाको स्मरण गराउने समेत उनले बताए।
‘यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गराउनेछ,’ उनले भने।
यसअघि पूर्वसभामुख तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराको घरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बैशाखी टेकेर लामो यात्रा गर्न नसकिने बताए। ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं,' उनले भने, ‘आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गछौँ।’
आगामी चुनावमा पार्टीले आफ्नै शक्तिले सहभागी जनाउने उनले बताएका छन्। करिब ७ वर्षपछि रोल्पा पुगेका प्रचण्डले राष्ट्रिय राजनीतिको अवस्था हेरेर अन्य दलहरुसँग तालमेल पनि गर्न सकिने बताए।
लिवाङमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्न उनी सोमबार बिहान हेलिकोप्टरमार्फत रोल्पा आइपुगेका हुन्।