आइतबार, साउन ३१, २०८३

रोल्पा पुगेर प्रचण्डले भने– चुनाव त आफ्नै बलमा लड्ने हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी आफ्नै बलमा लड्ने बताएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी आफ्नै बलमा लड्ने बताएका छन्।

आज रोल्पा पुगेका प्रचण्डले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने तर माओवादी आफ्नै बलमा चुनाव लड्न सक्षम रहेको बताए। उनले भने, ‘आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं। आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं।’ 

माओवादी प्रवक्ता कृष्णबहादुर महराको घरमा पत्रकारहरुसँग कुरा गर्दै  प्रचण्डले महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकिएकाले अब निर्वाचनमा केन्द्रित हुने र जित हासिल हुने विश्वास व्यक्त गरे। प्रचण्डले भने, ‘निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिन्छ। तर गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो। अहिलेको गठबन्धन त विशेष राजनीतिक परिस्थितिमा बनेको हो।’

प्रचण्ड ७ वर्षपछि रोल्पा पुगेका हुन्। आफ्नो नेतृत्वमा २०५२ साल फागुन १ गते माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्। महरा भने  केही दिनअघि नै गृहजिल्ला पुगेका थिए।

प्रचण्डले आजै रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्युटावर उद्घाटनसमेत गरे। टावर उद्घाटनपछि उनले भने, ‘यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको छ।’

प्रकाशित: Mar 28, 2022| 14:02 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...