काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। उनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटेका हुन्।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै सत्तारुढ गठबन्धनमा धम्कीका स्वर सुनिन थालेका छन्। खासगरी सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसप्रति सत्ता साझेदार दलहरुले निशाना साँध्न सुरु गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्।
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।
नेकपा माओवादी केन्द्रले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ।
उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारित व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको...
सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन्।
बैठकमा वडाध्यक्षको प्रश्नमा मेयर शाहले जवाफ दिएपछि मेयरको तर्फबाट भन्दै पौडेलले एकलौटी निर्णय सुनाउन थालेपछि विवाद भएको थियो। छलफलनै नगरी निर्णय गरिएकोमा वडाध्यक्षहरुले आपत्ति जनाए।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सोही अनुसार तालमेल गरी अघि बढ्न आआफ्नो दलका जिल्ला र प्रदेशसमितिलाई निर्देशन जारी गर्ने समेत निर्णय गरेको छ।