शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीलाई दोस्रो हुन नदिइए कांग्रेसलाई ठेगान लगाइदिने दाहाल चेतावनी

माओवादीलाई दोस्रो हुन नदिइए कांग्रेसलाई ठेगान लगाइदिने दाहाल चेतावनी

माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनिएको र त्यो नभए राजनीति सहज रूपमा अगाडि नबढ्ने दाहालको धारणा छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र संघीय निर्वाचनमा माओवादीलाई दोस्रो हुन नसघाए कांग्रेसलाई नछाडिने चेतावनी दिएका छन्।

National life

शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायम रहने र सम्झौताअनुसार कांग्रेस तलमाथि हुन नहुने धारणा व्यक्त गरे।

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म दायाँबायाँ हुन नहुने विषय कांग्रेस क्रियाकलापमा पनि भर पर्ने उनको भनाइ छ। दाहालले भने, ‘प्रस्टसँग भन्न चाहन्छु, अहिले यही ५ दलीय गठबन्धन कायम हुन्छ। यसलाई दायाँबायाँ गरिन्न। सबैले गठबन्धनको निर्णयअनुसार चल्नैपर्छ।’

दाहालले माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनिएको र त्यो नभए राजनीति सहज रूपमा अगाडि नबढ्ने सुनाए। उनले भने, ‘सायद पहिलो तपाईंहरू (कांग्रेस) नै हुन्छ। दोस्रो माओवादी केन्द्र हुने हो। त्यसमा सहयोग गर्ने हो भने सबै चीज सहज जान्छ अन्यथा सहज हुन दिँदैनौं।’ 

Shivam cement

दलीय गठबन्धन गत स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर अघि बढ्नुपर्ने दाहालको धारणा छ। ‘हामीले अहिले गठबन्धनमा के भनेका छौं भने यी सबै तीतामीठा अनुभवबाट शिक्षा लिएर  अगाडि बढौं,’ दाहालले भने।

अध्यक्ष दाहालले एमाले र कांग्रेसभित्र पनि माओवादी नै पसेजस्तो आफूलाई लाग्ने गरेको टिप्पणी गरे।

तर महिला, दलित, जनजाति, आदिवासी, मुस्लिमलगायतका प्रतिनिधित्व गरेर आएकाहरू देख्दा भने माओवादी नै आएको महसुस हुने उनले बताए।

उनले भने, ‘कुनैले अलि धेरै सिट ल्याए होलान्, कोहीको अलि थोरै आयो होला। तर सबैतिर मैले र माओवादी केन्द्रले नै जितेजस्तो लाग्छ।’ 

संघीयता रगत बगाएरै आएकाले कांग्रेसले महिला, दलित, जनजाति, मुस्लिम आदिलाई प्रतिनिधित्व गराउन थालेको देखिएको उनको दाबी छ।

‘हामी कोही निराश हुनपर्ने कारण छैन। यो परिवर्तन माओवादी जनयुद्धका कारण मात्रै सम्भव भएको हो,’ दाहालले भने।

बाबुराम माओवादी होइनन्

अध्यक्ष दाहालले नेपालमा एउटा मात्रै माओवादी पार्टी रहेको दाबी गरेका छन्।

‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो। अरूको काम छैन भन्ने देखियो,’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाबै भएन।’

१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व मैले नै गर्छु भन्ने पुष्टि भएको उनको जिकिर छ।

दाहालले स्थानीय तहमा झन्डै १७५ हाराहारी  सिट जित्ने सम्भावना चुनावी तालमेलका पूरा हुन नसकेको बताए। ‘१२२ पुग्यौं। ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो। अहिले हामी निर्णायक तेस्रो शक्ति छौं।’

उनले एक पटक पुनः आफू प्रधानमन्त्री भएर सुशासन र विकासको उदाहरण पेस गर्ने धोको रहेको बताए।

प्रकाशित: Jul 30, 2022| 14:51 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...