शनिबार, असार ६, २०८३

हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छन् रवीन्द्र मिश्र

पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्थालगायत अन्य कतिपय कारणले देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने हुँदा संसद्ले बाँधेर ‘खोपा’ मा भए पनि राजसंस्था राख्नुपर्नेमा मिश्रले जोडबल गरेका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९
National life
Shivam cement

काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई जन्मदिनको शुभकामनासहित एक दिन राजाको रूपमा देख्न चाहेको बताएका छन् । 

सामाजिक  सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले भनेका छन्, ‘बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ। त्यसैले संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसद्ले बाँधेर ‘खोपा’ मा भए पनि राजसंस्था राखौं। म यहाँ(हृदयन्द्र) लाई एक दिन राजाका रूपमा देख्न चाहन्छु। २१औं जन्मदिनको शुभकामना!’

मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतनसम्बन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र संसद्ले विधेयक अनुमोदन गरेपछि पुनः गद्दी आसीन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एक दिन राजाको आवश्यकता महसुस गर्ने आकलन गरेका छन्। मिश्रले यी सबै विषय आफ्नो प्रकाशोन्मुख पुस्तकमा अटाएको बताएका छन्।


प्रकाशित: Jul 30, 2022| 13:21 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...