शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस प्रवक्ताले भने - मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ

कांग्रेस प्रवक्ताले भने - मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ

प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्‍न निर्देशन दिए। नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्‍न चासो नदिने गरेको बताए। उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियनका नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्। 

National life

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्‍न निर्देशन दिए। नेपाली कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्‍न चासो नदिने गरेको बताए। उनले नेपाली कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे। 

उनले भने, 'मंसिर ४ गते त निर्वाचन हुँदैछ। पक्कापक्की छ। केही दिनमा त्यो घोषणा हुन्छ। औपचारिक रुपमा। देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेलदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस्। नेपाली कांग्रेसको कमजोरी भनेको प्रचारमा छ। हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ। कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ। यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ।’

प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए।

प्रकाशित: Jul 29, 2022| 20:54 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...