आइतबार, साउन २४, २०८३

राप्रपाले देशभरका निर्वाचन क्षेत्रमा कोणसभा गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ। 

महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको हो। महँगीले जनता चरम समस्यामा पर्दै गएका भन्दै पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले देशभर कोणसभा गर्न लागेको जानकारी दिए। 

देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ।

राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन्। 

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Jul 30, 2022| 07:45 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...