शनिबार, असार ६, २०८३

लुले भेटे परराष्ट्रमन्त्री, के भयो कुराकानी?

परराष्ट्र मन्त्रालय शुक्रबार दिउँसो भएको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालय शुक्रबार दिउँसो भएको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

National life

लुसँगको भेटअघि संसदमा सम्बोधन गरेका मन्त्री खड्काले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)बारे छलफल नहुने बताएका थिए। मन्त्री खड्काले साउन ९ गते एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइएको संसदलाई जानकारी गराएका थिए। 

भेटमा एमसीसी अनुमोदन र त्यसको १२ बुँदे व्याख्यात्मक घोषणाबारे कुराकानी भएको बताइएको छ। ‘दुवै पक्षले विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल गरेका छन्,’ मन्त्रालय ट्विट गरेको छ। 

मन्त्री लु बिहीवार काठमाडौं आएका हुन्। गत मंसिरमा पनि लु नेपाल प्रमणमा आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि लुको भेट गर्ने कार्यक्रम छ। 

प्रकाशित: Jul 29, 2022| 16:09 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...