आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिमा बूढा नेता चाहिन्न भन्नेहरू समाज भत्काउने हुन् : अध्यक्ष दाहाल

राजनीतिमा बूढा नेता चाहिन्न भन्नेहरू समाज भत्काउने हुन् : अध्यक्ष दाहाल

पछिल्लो समय सामाजिक सञ्जालमा वृद्ध उमेरका पूर्वप्रधानमन्त्रीलाई बिदा गरौं भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला दाहालले यस्तो धारणा राखेका हुन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा बूढा नेताहरू चाहिन्न भन्नेहरू समाज भत्काउन खोज्ने भएको आरोप लगाएका छन्।शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले भने, ‘एकथरी मान्छेले राजनीतिमा बूढाहरू चाहिँदैन, प्रौढहरू चाहिँदैन भनेर समाज भत्काउन खोजेका छन्।’ उनले समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धा पनि चाहिने जिकिर गरे। सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्ने अध्यक्ष दाहालको भनाइ छ।

पछिल्लो समय सामाजिक सञ्जालमा वृद्ध उमेरका पूर्वप्रधानमन्त्रीलाई बिदा गरौं भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला दाहालले यस्तो धारणा राखेका हुन्। अध्यक्ष दाहालले कार्यकर्तालाई राजनीतिमा बूढाहरूलाई बिदा गरौं भन्ने भनाइको खण्डन गर्न आग्रह गरे।

प्रकाशित: Jul 30, 2022| 15:34 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...