शनिबार, असार ६, २०८३

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा बिचौलियालाई संलग्न गराएको आरोपमाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन्। 

संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।  

असार २२ गते गठन भएको समितिले १७ दिनको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियालाई संलग्न गराएको प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ।  प्रतिवेदनमा भने प्रमुख प्रतिपक्षी दल एमालेका सांसद (सदस्य)हरुले भने असहमति जनाएको बताइएको छ। 

प्रकाशित: Jul 29, 2022| 15:53 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...