शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : एनआरएनए

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : एनआरएनए

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै 'एक पटकको नेपाली, सधैँको नेपाली’ भन्‍ने नाराले सार्थकता पाएको जनाएको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९
National life
Shivam cement

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै 'एक पटकको नेपाली, सधैँको नेपाली’ भन्‍ने नाराले सार्थकता पाएको जनाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो। 

नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ। सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ। त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन्। 

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्रयाउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने सङ्घको विश्वास छ। सङ्घले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ। 

प्रकाशित: Jul 29, 2022| 23:00 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...