शनिबार, असार ६, २०८३

मंसिर ४ गते निर्वाचन हुन्छ : प्रकाशशरण महत

उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। 'मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ,' प्रवक्ता महतले भने।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्। 

उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। 'मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ,' प्रवक्ता महतले भने।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि मंसिर ४ मा चुनाव हुने बताइसकेका छन्। तर एमालेले भने निर्वाचन सार्ने खेल भइरहेको आरोप लगाएको छ। 

प्रकाशित: Jul 29, 2022| 18:13 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...